यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड यो गानाको गगन, जनको कल्पनाको बहाड । यो पौडीको सुखजलधिमा फूल रातो असारे झन्डा सम्झी, मुजुरमन भै पिच्छमा रङ्गधारे ।। (वर्षा, लक्ष्मीप्रसाद देवकोटा) ग्रीष्म ऋतुअन्तर्गत पर्ने भए पनि वर्षा ऋतुको पूर्वागमनलाई असार महिनाले सङ्केत गर्दछ । वृष्टिका देवता वरुणको उपासना गर्ने नेपाली समाज हरेक वर्ष असारको व्यग्र प्रतीक्षामा […]



