नेपाल अधिकांश साधुसन्तहरूको जन्मभूमिका रूपमा प्रसिद्ध छ भने धेरै साधकहरूको साधनाभूमि वा कर्मभूमिका रूपमा यसको चर्चा सर्वत्र हुने गर्छ । वैदिक तथा पौराणिक सन्दर्भले नेपाललाई तपोभूमिका रूपमा चिनाउने काम गरेकै छन् । पछिल्लो समयमा पनि नेपालमै जन्म भई नेपाली धराधाममा नै उपदेश गरेर जीवन बिताउने सन्तहरू धेरै छन् । यसका साथै भारत तथा अन्य विदेशी […]
आदर्श व्यक्तित्व
जसले धर्तीमा जन्म लिएर अनुपम खोज, विचार र कर्मले जीवनको सार्थकता सिद्ध गर्दछन् तिनलाई हामी आदर्श व्यक्तित्वका रूपमा लिने गर्दछौँ ।
गलेश्वर बाबा
नेपाल विभिन्न धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्वका स्थलहरूले मात्र सुसज्जित छैन, यस धराधाममा विभिन्न कालखण्डमा अनेकौँ महात्माहरूले जन्म पनि लिएका छन् । ऋषिमुनिले सृष्टिको आदिकालदेखि नै साधनाका लागि यही भूमिलाई चुनेका थिए भने ऋषिकल्प मनीषीहरूले पनि तपोभूमि यसैलाई बनाएका विभिन्न उदाहरण पाइन्छन् । तिनै ऋषितुल्य तपस्वीहरूमध्ये एक हुन्, गलेश्वर बाबा । म्याग्दीको गलेश्वरमा लामो समय […]
शुक्रराज शास्त्री
‘मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुक सुधार गरौँला । लौ जिन्दगीको बाजी लगाऔँ, के बाँच्नु छिःछिः गुलाम बनेर ।’ फल र पात पशुपन्छीको आहारका लागि, काठ झ्यालढोका निर्माण एवं इन्धनका लागि, जरा भूस्खलन रोक्नका लागि, अक्सिजन प्राणीका लागि तथा हरियाली वातावरणका लागि दिने वृक्षवनस्पति उदाहरणीय छन्, जसले आफ्नो हरेक कुरा अरूका लागि सुम्पन्छन् । स्वार्थको […]
महामानव गौतम बुद्ध
सिद्धार्थ गौतम नेपाल ऋषिमुनिहरूको जन्मभूमि एवं तपोभूमि हो । विभिन्न कालखण्डमा यस धराधाममा पुण्यात्माहरूले जन्म लिएका छन् र यस भूमिलाई पावनभूमिका रूपमा विश्वमाझ परिचित गराएका छन् । तिनै पुण्यात्मामध्ये शान्तिको दीप बालेर विश्वलाई नै अहिंसाको बाटोमा हिँड्न उत्प्रेरित गर्ने महामानव हुन् – गौतम बुद्ध । इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा गौतम गोत्रमा राजा शुद्धोदन र […]
योगमाया
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। (जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यिनीहरू पूजित हुँदैनन्, त्यहाँ गरिएका सबै काम निष्फल हुन्छन् ।) – मनु नारी शक्तिस्वरूपिणी दुर्गा, धनस्वरूपिणी लक्ष्मी र विद्यास्वरूपिणी सरस्वती हो । मानिसलाई आवश्यक पर्ने मुख्य तीन कुरा बल, सम्पत्ति र ज्ञानका अधिष्ठात्री […]
पद्मप्रसाद भट्टराई
नेपाली धर्ती विभिन्न कालखण्डमा अनेकौँ मनीषीरत्नहरूद्वारा सुसज्जित रहँदै आएको छ । आर्षसभ्यताको विकासका क्रममा विभिन्न ऋषिमुनिहरूले यहीँ जन्म लिएर यसलाई नै तपोभूमि बनाएका थिए । त्यस क्रमको निरन्तरता अहिलेसम्म पनि देख्न पाइन्छ । यसै क्रममा विद्याको साधनाबाट आफूलाई ज्ञानको कोटीमा उच्च स्थान दिलाउन सफल सुधी पद्मप्रसाद भट्टराईको जन्म पनि यही धर्तीमा भएको थियो । उनी […]
आदिकवि भानुभक्त आचार्य
जीवनी नेपाली साहित्यको काव्यिक धरातलमा अवतरित भएर प्रथम पदचिह्न छोड्न सफल स्रष्टा हुन् – भानुभक्त आचार्य । पूर्वीय दर्शन र संस्कारलाई सबल रूपमा आफ्ना रचनामा प्रस्तुत गर्ने आचार्य नेपाली साहित्यजगत्मा आदिकविको उपनामले सुपरिचित छन् । पिता धनञ्जय आचार्य र माता धर्मावतीका सन्तानका रूपमा तनहूँ जिल्लाको रम्घा भन्ने गाउँमा वि.सं. १९७१ असार २९ गते उनी जन्मिएका […]
जनकपुत्री सीता
प्राचीन कालमा मिथिलाका नामले प्रसिद्ध क्षेत्रलाई अहिले जनकपुरका नामले चिनिन्छ । जनकपुर आसपासका क्षेत्र पनि मिथिला नामबाटै चिनिन्छन् तर राजा जनकले शासन गरेका कारण राजधानीलाई जनकपुर (जनकको पुर/सहर) भन्न थालियो । नेपालको इतिहासमा राजा जनकको विद्वत्ता र त्यागको बढी चर्चा हुने गर्छ । जनककी छोरी भएकै कारण सीतालाई जानकी तथा जनकपुत्री भनेर पनि चिन्ने गरिन्छ […]



