आपसी सद्भावको पर्व : छठ

हिमाल, पहाड र तराईमा विभाजित नेपाली भूखण्डमध्ये मधेस वा तराईमा अत्यधिक आस्था र श्रद्धाका साथ छठ मनाउने गरिन्छ । भारतका उत्तरप्रदेश तथा विहारका केही क्षेत्रमा पनि यो भव्यताका साथ मनाइन्छ । छठ सूर्य र छठीमाईको पूजा गरेर कार्तिक शुक्ल षष्ठीका दिन मनाइने चाड हो । संस्कृतको षष्ठी शब्दबाट अपभ्रंश भएकाले यसलाई जनसमुदाय छैठी, छइठ आदि […]

तिज

पृष्ठभूमि तिज अधिकांश नेपाली महिलाहरूको महान् चाड हो । विशेष गरी हिन्दुधर्मावलम्बी महिलाहरू यसलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज र भाद्र शुक्ल पञ्चमी अर्थात् तिजको पर्सिपल्ट मनाइने ऋषिपञ्चमी पर्वले महिलासँग विशेष सम्बन्ध राख्दै आएको पाइन्छ । तिज तृतीया तिथिमा भगवान् शिवको पूजाआराधना गरी सम्भव भएसम्म निराहार र निर्जल […]

असार पन्ध्र

यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड यो गानाको गगन, जनको कल्पनाको बहाड । यो पौडीको सुखजलधिमा फूल रातो असारे झन्डा सम्झी, मुजुरमन भै पिच्छमा रङ्गधारे ।। (वर्षा, लक्ष्मीप्रसाद देवकोटा) ग्रीष्म ऋतुअन्तर्गत पर्ने भए पनि वर्षा ऋतुको पूर्वागमनलाई असार महिनाले सङ्केत गर्दछ । वृष्टिका देवता वरुणको उपासना गर्ने नेपाली समाज हरेक वर्ष असारको व्यग्र प्रतीक्षामा […]

उँभौली पर्व

नेपालमा वैशाख शुक्ल पूर्णिमाको विशेष महत्त्व छ । यस दिनलाई नेपालीहरू बुद्धजयन्ती, साकेला वा उँभौली पर्वका साथै चण्डी पूर्णिमा आदि नामले चिन्ने गर्दछन् । उँभौली पर्व सनातन परम्पराका अनुयायी नेपालको किराँत समुदायले मनाउँदै आएको पर्व हो । उँभो शब्दमा औली प्रत्ययको संयोजन भएर उँभौली शब्दको निर्माण हुने गर्दछ । उँभो भनेको माथि हो त्यसैले उँभौली […]

बाला चतुर्दशी

परिचय नेपालीहरू सांस्कृतिक रूपमा अत्यन्त सम्पन्न छन् । हेमन्तको जाडोमा पनि सद्भाव र अभिभाराको न्यानोले आपूmलाई सक्रिय बनाइरहन्छन् । त्यही हेमन्त ऋतुमा पर्ने अत्यन्त महत्त्वपूर्ण चाड हो, बाला चतुर्दशी । मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशीलाई बाला चतुर्दशीका नामले चिनिन्छ । चतुर्दशी तिथिले चौधौँ तिथि भन्ने अर्थ प्रकाशन गर्छ । सामान्यतया मङ्सिर महिनाको कृष्ण पक्षको चौधौँ […]

चण्डेश्वरी जात्रा

बनेपा काठमाडौँ उपत्यकानजिकै पर्ने सुन्दर सहर हो । बनेपाको उत्तरपूर्वी कुनामा चण्डेश्वरीको मन्दिर अवस्थित छ र त्यसको छेउमा एउटा वन पनि छ । चण्डेश्वरी मन्दिरको स्थापना आनन्ददेवले गराएका थिए भन्ने मानिन्छ भने जगज्ज्योतिर्मल्लले मन्दिरको जीर्णोद्धार गराएको बुझिन्छ । मध्यकालतिरको यो मन्दिर तले शैली अर्थात् प्यागोडा शैलीमा निर्माण गरिएको छ । चण्डेश्वरीलाई कन्या देवीका रूपमा पुजिने […]

कृष्णजन्माष्टमी

परिचय भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्ने नेपालीहरूको महान् पर्व हो – कृष्णजन्माष्टमी । यही दिन द्वापर युगमा द्वारकाधीश कृष्णको मथुरामा जन्म भएको मानिन्छ । यसलाई गोकुलाष्टमी, श्रीकृष्णजयन्ती तथा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन् । भगवान् कृष्णको जन्म मध्य रातमा भएकाले मध्य रातसम्म जागा बसेर कृष्णपूजन गर्ने परम्परा […]

चैते दसैँ

नेपाल सांस्कृतिक रूपले सम्पन्न मुलुक मानिन्छ । यहाँ विभिन्न समयमा विभिन्न जाति तथा संस्कृतिका मानिसहरू आ–आफ्नै मौलिक विशेषता बोकेका चाडपर्वहरू मनाउने गर्दछन् । ती चाडपर्वहरूमा पनि दसैँले विशेष महत्त्व बोकेको छ । दसैँ अधिकांश नेपालीहरूको महान् चाड हो । दसैँ वर्षमा दुईपटक मनाउने गरिन्छ । असोज महिनामा मनाइने दसैँलाई बडा दसैँ भनिन्छ भने चैतमा मनाइने […]

नव संवत्सर : नयाँ वर्ष

पृष्ठभूमि कालगणनाका क्रममा वैशाखदेखि चैत्र महिनासम्मको अवधिलाई हामी सामान्यतया वर्ष भन्दछौँ । हाम्रो परम्परामा खास गरेर सूर्य र चन्द्रको गतिअनुसार कालगणना गर्ने चलन छ । सौर्यमान (solar calendar) अनुसार वैशाख एक गते अर्थात् सूर्य मेष राशिमा प्रवेश गरेको दिन (मेषसङ्क्रान्ति/वैशाखसङ्क्रान्ति) बाट नयाँ वर्षको प्रारम्भ भएको मान्ने गरिन्छ भने चान्द्रमान (lunar calendar) अनुसार चैत्र शुक्ल प्रतिपदाका […]

रामनवमी

परिचय हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन नेपालीहरूले मनाउँदै आएको पर्व हो – रामनवमी । सर्वव्यापक भगवान् विष्णुका दश अवतारमध्ये सातौँ अवतारका रूपमा रामको पूजा–आराधना गर्ने परम्परा नेपालमा मात्र नभई भारतलगायत सनातन संस्कृतिलाई अपनाउने धेरै मुलुकहरूमा देख्न सकिन्छ । समस्त सृष्टिका पालनकर्ता भगवान्ले यस दिन राक्षसको अत्याचारबाट सम्पूर्ण प्राणीहरूलाई रक्षा गर्न रामको अवतार लिएको कथा […]