देवघाट

देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा अवस्थित पावनभूमि हो । यो दुई नदीको सङ्गम मात्र नभएर प्रकृतिको मधुर निनाद अनि अहर्निश आस्थाका शङ्खनादको सङ्गम पनि हो । मानवले मन्दिरमा श्रद्धाका पुष्पहरू अर्पण मात्र गर्ने नभएर प्रातःकालमा स्वयम् प्रकृतिले नै देवभूमि देवघाटका प्रत्येक कणकणमा पुष्पवृष्टि गरेको देख्दा जोकाही पनि यस पवित्र धाममा पुगेपछि छक्क पर्ने गर्छन् । […]

सभापोखरी

सङ्खुवासभा नेपालको पूर्वी क्षेत्रमा पर्ने मनोरम जिल्ला हो । सिद्धकाली, शिवधारा, गुफापोखरीजस्ता प्राकृतिक तथा धार्मिक महत्त्वका स्थलहरूले सुसज्जित सङ्खुवासभाको प्रसिद्ध पोखरी हो, सभापोखरी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि चार दिन हिँडेर सभापोखरी पुग्न सकिन्छ । यही पोखरीको नामबाट उक्त क्षेत्रको गाउँपालिकाको नाम सभापोखरी रहन गएको बताइन्छ । तेह्रथुमबाट पनि पदयात्रा गरेर सभापोखरी पुग्न सकिन्छ । यो […]

स्वस्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू बर्सेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी हो, शाली नदी । माघ महिनामा काठमाडौँको उत्तरपूर्वको साँखु भएर बग्ने शाली नदीमा स्नान गर्न […]

मानसखण्ड

नेपाल प्राकृतिक तथा सांस्कृतिक रूपमा अत्यन्त समृद्ध देश हो । यो पावन धर्ती ताप्लेजुङदेखि दार्चुलासम्म विभिन्न प्रकारका हिमाल, पहाड, झरना, नदी आदिले सुशोभित छ । त्यसै गरी यहाँ हिमालदेखि तराईसम्म धेरै मन्दिर, चैत्य, दरबार र तीर्थस्थलहरू पनि छन् । बुद्ध, जनक, सीता, भृकुटी तथा ऋषिमुनिहरूको जन्मले यो देशको गरिमा अझ बढेको छ । विविध धर्म, […]

सिद्धकाली पीठ

भूगोल नेपालको एकीकरणपूर्व पल्लो किरात राज्यमा पर्ने सङ्खुवासभा मनोरम जिल्ला हो । पूर्वमा ताप्लेजुङ र तेह्रथुम, दक्षिणमा तेह्रथुम र धनकुटा, पश्चिममा सोलुखुम्बु र भोजपुर अनि उत्तरमा चिनसम्म सिमाना फैलिएको यो जिल्ला मकालु हिमाल तथा विश्वको नै सबैभन्दा होचो उपत्यका ‘अरूण’ले सुसज्जित छ । सङ्खुवा र सभा नदीको संयोजनबाट नाम रहन गएको सङ्खुवासभा जिल्लाको सुन्दर नगरी […]

कुम्भेश्वर महादेव

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।। (कपूरजस्ता गोरा, करुणाका अवतार, संसारका सार, सर्पको हार लगाएका, हृदयरूपी कमलमा सधैँ विराजमान गर्ने पार्वतीसहितका शिवलाई नमन गर्दछु ।) काठमाडौँ उपत्यकाभित्र रहेको सुन्दर सहर हो, ललितपुर । ‘ललित’बाट सुन्दर र ‘पुर’बाट सहर भन्ने अर्थ प्रकाशन हुन्छ । यही ललितपुरको प्रमुख आकर्षण बनेको पाटन […]

मौला कालिका

नेपालको मध्यभागमा पर्ने पहिलाको नवलपरासी तर अहिलेको नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकामा अवस्थित प्रसिद्ध मन्दिर हो – मौलाकालिका । यसलाई डाँडाकालिका, मौलाकाली आदि नामले पनि स्थानीयहरू चिन्ने गर्दछन् । मौलो भनेको बलि चढाउनका लागि स्थापना गरिएको किलो हो । पाल्पाका राजा मणि मुकुन्द सेनले सोह्रौँ शताब्दीमा यसको स्थापना गरेका हुन् भन्ने मान्यता छ । त्यसपछि डाँडालाई […]

धान्यपूर्णिमाको एक गन्तव्य : दुप्चेश्वर

नुवाकोट सुन्दर पहाडी जिल्ला हो । सांस्कृतिक रूपमा अति नै सम्पन्न नुवाकोटको जिल्ला सदरमुकाम विदुरदेखि करिब ३५ किलोमिटर पूर्वमा पर्ने प्रसिद्ध धार्मिक स्थल हो – दुप्चेश्वर । सुमधुर सङ्गीतमय तादी खोलाको किनारमा अवस्थित दुप्चेश्वर पहाडी चट्टानमा निर्मित अद्भुत शिवलिङ्गका कारण प्रसिद्ध छ । हाल दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३ मा अवस्थित यस पावन स्थलमा हरेक […]

निङ्गलाशैनी मन्दिर

नेपालको सुदूर पश्चिम भूभागमा पर्ने प्रसिद्ध मन्दिर हो – निङ्गलाशैनी मन्दिर । यसलाई सुदूर पश्चिमका प्रसिद्ध नौ शक्तिपीठहरूमध्ये एक मानिन्छ । यो बैतडी जिल्लाको देहीमाडौँ गाउँमा पर्दछ । देवीको मन्दिर भएकाले यहाँ विभिन्न चाडपर्वहरूमा बलि दिने गरिन्छ । यस मन्दिरमा विशेष गरेर भाद्र शुक्ल चतुर्दशी, आश्विनको महाष्टमी, मार्गशीर्ष (मङ्सिर) शुक्ल पूर्णिमा र चैत्र शुक्ल अष्टमीका […]

दोलखा भीमसेन

हिमाल, पहाड र तराईमा समेटिएको नेपालको अधिकांश भूभाग पर्वतशृङ्खलाले ढाकेको छ । तिनै पर्वतशृङ्खलाले सुशोभित सुन्दर जिल्ला हो – दोलखा । दोलखाका प्रसिद्ध ठाउँहरूमा दोलखा भीमसेन पनि पर्दछ । काठमाडौँबाट करिब ५ घण्टाको बसयात्रापश्चात् त्यहाँ पुगिन्छ । दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट उत्तरतिर मोडिएपछि दोलखा बजार पुगिन्छ । भीमसेन मन्दिर बजारमै अवस्थित छ । यसलाई भीम, […]