माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने प्रसिद्ध चाड हो – श्रीपञ्चमी । यसलाई वसन्तपञ्चमी र सरस्वतीपूजाका नामले पनि चिनिन्छ । श्री भनेको विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिको पूर्णताबाट झल्कने शोभा वा कान्ति हो भने धनसम्पत्तिलाई पनि श्रीले समेट्ने गर्दछ । श्री शब्दले धनकी प्रतीक लक्ष्मीका साथै विद्या र गुणकी प्रतीक सरस्वतीलाई पनि चिनाउने गर्दछ […]
माघ
माघी – मकरसङ्क्रान्ति
नेपाल बहुसांस्कृतिक देश भएकाले यहाँ विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । भूगोल, जाति आदिका आधारमा पर्व पनि भिन्न–भिन्न किसिमले मनाउने प्रचलन अद्यापि विद्यमान छ । यस्तै राष्ट्रिय महत्त्व बोकेको पर्व हो – मकरसङ्क्रान्ति । यसलाई माघे सङ्क्रान्तिका नामले पनि नेपालभर चिनिन्छ भने यही पर्व नेपालको तराई भेगका आदिवासी थारु समुदायमा माघी नामले प्रसिद्ध छ । हामी […]



