रुरुक्षेत्र (रिडी)

नेपाल आध्यात्मिक दृष्टिकोणले निकै समृद्ध देश मानिन्छ । यहाँका तीर्थस्थलहरूको वर्णन विभिन्न ग्रन्थहरूमा गरिएको छ । विशेषतः पितृमुक्तिका लागि नेपालका चार क्षेत्रहरूमा गई श्राद्ध, तर्पण आदि गर्नुपर्ने कुराको उल्लेख पुराणहरूमा पाइन्छ : मुक्तिनाथं प्रथमतो रुरुक्षेत्रं ततः परम् । ततः पाशुपतं क्षेत्रमथ वाराहसंज्ञकम् ।। मुक्तिनाथक्षेत्र, रुरुक्षेत्र, पाशुपतक्षेत्र तथा वाराहक्षेत्रलाई नेपालका चार धामका रूपमा लिने गरिन्छ । […]

गढीमाई मेला

नेपाल विभिन्न धार्मिक स्थलहरूका कारण विश्वमाझ परिचित छ । यहाँका मठमन्दिरको चर्चा सर्वत्र हुने गर्छ । आस्था र परम्परा बोकेका यी मन्दिरमा विशेष–विशेष पर्वहरूमा मेला लाग्ने गर्दछ । नेपालको प्रदेश दुईअन्तर्गत बारा जिल्लाको बरियापुरमा अवस्थित गढीमाईको मन्दिरमा पनि ५–५ वर्षमा ठुलो मेला लाग्ने गर्दछ । यो नारायणी अञ्चल, बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब ८ किलोमिटर […]

वाल्मीकि आश्रम

महर्षि वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । उनले रचना गरेको रामायण संस्कृत भाषाको आदिकाव्य हो । तिनै वाल्मीकि ऋषिको जन्मथलोलाई वाल्मीकि आश्रम भनेर चिनिन्छ । वाल्मीकि आश्रम चितवन जिल्लाको ठोरीमा पर्दछ । यो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित छ । त्रिवेणी धामबाट करिब २ किलोमिटर पूर्वमा रहेको वाल्मीकि आश्रममा नेपाल तथा भारतबाट श्रद्धालुहरू जाने गर्दछन् […]

कालिन्चोक

शरणागतदीनार्तपरित्राणपरायणे सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ।। (शरणमा आएका दीनदुःखीको रक्षामा सधैँ तत्पर रहने, सबैको दुःख र सङ्कट हरण गर्ने हे नारायणी देवी ! तिमीलाई नमस्कार छ ।) कालिन्चोक नेपालको प्रदेश ३ अन्तर्गत पर्ने सुन्दर जिल्ला दोलखामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । यो धार्मिक स्थल हुनाका साथै प्रकृतिको अनुपम छटाले सजिएको मनमोहक प्राकृतिक स्थल […]

पाटनको कृष्णमन्दिर

करारविन्देन पदारविन्दम् मुखारविन्दे विनिवेशयन्तम् । वटस्य पत्रस्य पुटे शयानम् बालं मुकुन्दं मनसा स्मरामि ।। (करकमलले चरणकमललाई मुखकमलमा राख्दै गरेका बरको पातमा सुतेका बालकृष्णलाई मनबाट नै सम्झन्छु ।) पाटन नेपालको राजधानीमा रहेका तीन सहरमध्ये काठमाडौँ उपत्यकाको दक्षिणतिर रहेको एक सुन्दर सहर हो – पाटन । यो वाग्मती प्रदेशमा पर्दछ । पाटन शब्दको अर्थ भने अग्ला–अग्ला पहाडबिचका […]

पिण्डेश्वर/बाबाधाम

परिचय नेपाल प्राचीन कालदेखि नै देवताहरूको क्रीडाभूमि र ऋषिहरूको तपोभूमिका रूपमा सुपरिचित छ । पुराणहरूमा पनि नेपालका विभिन्न स्थलहरूको चर्चा भएको पाइन्छ । तिनका धार्मिक तथा सांस्कृतिक महत्त्वका विषयमा जानकार व्यक्तिहरू पिण्डेश्वरलाई एक पवित्र तीर्थस्थलका रूपमा चिनाउने गर्दछन् । इतिहासअनुसार यस क्षेत्रमा विजयपुर राज्य तथा राजधानी पर्दथ्यो भने यो हाल धरान उपमहानगरपालिका – १४, विजयपुरमा […]