माघ महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने प्रसिद्ध चाड हो – श्रीपञ्चमी । यसलाई वसन्तपञ्चमी र सरस्वतीपूजाका नामले पनि चिनिन्छ । श्री भनेको विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिको पूर्णताबाट झल्कने शोभा वा कान्ति हो भने धनसम्पत्तिलाई पनि श्रीले समेट्ने गर्दछ । श्री शब्दले धनकी प्रतीक लक्ष्मीका साथै विद्या र गुणकी प्रतीक सरस्वतीलाई पनि चिनाउने गर्दछ […]
चाडपर्व
नेपालमा धार्मिक विश्वास, सामाजिक मान्यता, ऐतिहासिक महत्त्व, प्राकृतिक परिवर्तन आदिका आधारमा विभिन्न उत्सवको आयोजना गरिन्छ । ती उत्सवलाई नै हामी चाडपर्व भन्ने गर्दछौँ ।
तिहार र यसको सामाजिक महत्त्व
तिहार नेपाली हिन्दूधर्मावलम्बीहरूको महान् चाड हो । यो कार्तिक महिनामा पर्दछ । कार्तिकको कृष्ण पक्षको त्रयोदशी तिथिदेखि चतुर्दशी, अमावस्या (औँसी), शुक्ल पक्षको प्रतिपदा र द्वितीयासम्म गरी पाँच दिन यो पर्व मनाइन्छ । यस पर्वलाई दीपावली नामले पनि चिनिन्छ । दीपावली भनेको बत्तीहरूको लहर वा पङ्क्ति हो । यस पर्वमा दियो बालेर वा झिलिमिली बत्ती बालेर […]
दसैँ र यसको सामाजिक महत्त्व
पर्व–परिचय दसैँ नेपाली हिन्दूधर्मावलम्बीहरूको महान् चाड हो । यसलाई विजया दशमी पनि भन्ने गरिन्छ । दुर्गा भवानीले दानवी शक्तिमाथि विजय प्राप्त गरेको तिथि दशमी भएकाले यसको विशेषणका रूपमा विजया शब्दको प्रयोग गरिएको हो । रामले रावणमाथि पनि विजय प्राप्त गरेको दिन यही नै मानिन्छ । यो पर्व असोज महिनाको शुक्ल पक्षभरि मनाइन्छ । प्रतिपदादेखि सुरु […]
सोह्र श्राद्ध
परिचय भाद्र महिनाको शुक्ल पक्षको पूर्णिमादेखि आश्विनको कृष्णपक्षको अमावस्या (औँसी) सम्मको अवधिलाई सोह्र श्राद्ध भनिन्छ । वर्षाकालको अन्त्यसँगै कृषिकर्मको समाप्ति हुने र पितृहरूलाई तृप्त पार्नका लागि सोह्र दिनसम्म नेपाली समाज शुद्ध आचरणमा रहने गर्छ । यतिखेर आफ्ना पूर्वजहरूको सम्झना गर्नाका साथै उनीहरूबाट प्राप्त गुण, धर्म, कर्म आदिलाई ससम्मान हेर्ने गरिन्छ । आश्विन कृष्णपक्षको प्रतिपदा, द्वितीया, […]
जनैपूर्णिमा/रक्षाबन्धन
परिचय श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने चाड जनैपूर्णिमा हो । यो हिन्दूहरूको महान् चाड हो । खास गरेर यज्ञोपवीत अर्थात् जनै धारण गर्नेहरूमा यस पर्वको विशेष महत्त्व रहेको छ । यसलाई रक्षाबन्धन तथा ऋषितर्पणीका नामले पनि चिनिन्छ । नेपालको तराईमा भने यो चाड राखीका नामले प्रसिद्ध छ । पूर्णिमाका दिन जनै मन्त्रिएर धारण […]
निर्जला एकादशी
पृष्ठभूमि सनातन परम्परामा सौर्यमान तथा चान्द्रमानका आधारमा कालगणना गरिन्छ । जसमध्ये चान्द्रमानका आधारमा नै तिथि निश्चित हुन्छन् । एक महिनामा शुक्ल र कृष्ण पक्ष गरी दुई पक्ष हुन्छन् भने प्रत्येक पक्षमा लगभग पन्ध्र दिनको अवधि हुन्छ । दुवै पक्षको एघारौँ तिथि एकादशी हो । संस्कृतमा एकादशी शब्दको अर्थ एघारौँ भन्ने नै हुन्छ । यसरी हेर्दा […]
अक्षय तृतीया
परिचय वैशाख महिनाबाट आरम्भ हुने नयाँ वर्षको उमङ्ग नसकिँदै सनातन संस्कार र संस्कृतिलाई अनुसरण गर्ने नेपालीहरूको ढोका ढकढक्याउन आइपुग्ने अर्को महान् पर्व हो – अक्षय तृतीया । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिमा यो चाड उल्लासमय वातावरणमा मनाउने प्रचलन छ । यो पर्व चान्द्रमानका आधारमा मनाइन्छ । प्रायः यो चाड वसन्त ऋतुको मध्यतिर अर्थात् वैशाख […]
महान् पर्व शिवरात्रि
पृष्ठभूमि नेपाल सांस्कृतिक रूपमा समृद्ध मुलुक हो । भौगोलिक तथा जातीय विविधताका कारण नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । चान्द्रमान र सौर्यमानका आधारमा पर्वहरू मनाउने हाम्रो परम्परा छ । चन्द्रमाको गतिअनुसार हामी लगभग एक दिनका रूपमा एक तिथि मान्ने गर्छौँ । विशेष अवस्थामा तिथिको समय थोरै हुँदा एकै दिन दुई तिथि पर्छन् भने कहिलेकाहीँ दुई दिनमा […]
माघी – मकरसङ्क्रान्ति
नेपाल बहुसांस्कृतिक देश भएकाले यहाँ विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । भूगोल, जाति आदिका आधारमा पर्व पनि भिन्न–भिन्न किसिमले मनाउने प्रचलन अद्यापि विद्यमान छ । यस्तै राष्ट्रिय महत्त्व बोकेको पर्व हो – मकरसङ्क्रान्ति । यसलाई माघे सङ्क्रान्तिका नामले पनि नेपालभर चिनिन्छ भने यही पर्व नेपालको तराई भेगका आदिवासी थारु समुदायमा माघी नामले प्रसिद्ध छ । हामी […]



